ग्लोबल आईएमई बैंकद्वारा खोलेसिमलमा बित्तीय साक्षरता तथा डिजिटल बैंकिङ अभिमुखिकरण कार्यक्रम 
चितवन । ग्लोबल आईएमई बैंक खोलेसिमल शाखाद्वारा खोलेसिमल बजार मा बित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ । हाल बैंकका ग्राहकहरुमा डिजिटल बैंकिङको माग र प्रयोग बढी भएकोले यस प्रकारको कार्यक्रम गरिएको ग्लोबल आईएमई बैंक खोलेसिमल शाखाका प्रमुख खेमनाथ शर्मा पौडेलले जानकारी दिए ।
हिजो शुक्रबार भएको सो कार्यक्रममा डिजिटल बैंकिङको बारे सचिन शितल पौडेलले जानकारी दिएका थिए । ग्लोबल आईएमई बैंक बागमती प्रदेशका डेपुटी हेड बिदुर ज्ञवाली प्रमुख अतिथि रहेको कार्यक्रममा स्थानिय १ सय ३० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
ग्लोबल आईएमई बैंकको हाल सम्म २९० शाखा, २७५ शाखा रहित बैंकिङ, २७२ एटीएम, ५२ एक्स्टेन्सन काउन्टर, ३ वटा रिप्रीजेण्टिभ अफिस र ३० लाख ग्राहक रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको