
चितवन । पुर्वी चितवनको कालिका-११ मा ३ दिनदेखि बिद्युत अबरुद्ध हुँदा स्थानियहरु समस्यामा परेका छन । सो वडाको खोला गाउँ, दौतेस, खिर्की लगायतको गाउँमा ३ दिनदेखि बिधुत अबरुद्ध भएको कालिका-११ का वडा अध्यक्ष कृष्णबहादुर प्रजाले जानकारी दिए । गत बुधबार दिउँसो परेको चट्याङका कारण अबरुद्ध भएको विद्युत अहिले सम्म मर्मत हुन सकेको छैन । एकातिर बिजुलीको अभावमा गाउँलेहरु समस्यामा परेका छन भने विद्युत अभावका कारण कालिका -११को वडा कार्यालयको काम समेत पुर्णरूपमा प्रभावित भएको वडा अध्यक्ष प्रजाले बताए ।