चितवन । चितवन प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । गत भदौ ६ गते भरतपुर- ११ बस्ने विश्वास गुरुङले ना ५३ प ४०९६ नम्बरको मोटरसाईकल हराएको भनि निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उक्त निवेदनको आधारमा खोजि गर्दा फेला पारी आज सम्बन्धित धनिलाई मोटरसाईकल बुझाईएको चितवन प्रहरीले जनाएको छ ।









