चितवनमा बालक अपहरण गर्ने एक महिला पक्राउ

गिता पंगेनी, चितवन । चितवनमा बालक अपहरण गर्ने एक महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा भारतको रहसी गाउँ बस्ने ३८ वर्षीया अनिता पाल रहेकी छन ।

पालले हिजो दिउँसो १२:३० को समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं-१७, गुञ्जनगरका ४ वर्षीय बालकलाई ललाईफकाई गरि लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पाललाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको