चितवन । बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाई भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि गत हप्ता देखि कडाइ सुरु गरेको हो ।
पछिल्लो पटक बजारमा कालो बजारी बढेको,म्याद नाघेका बस्तुहरुको खुलेआम बिक्रीवितरण भइरहेको, केही पसलहरु बिना दर्ता सन्चालनमा आएका, कुनै पसलहरु नवीकरण नगरि संचालित भएका लगाएका जनगुनासोहरु व्यापक आएपछि बजार अनुगमनलाई निरन्तरता दिईएको भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले बताए।
भरतपुर महानगरले बजार अनुगमनलाइ मंगलबार पनि निरन्तरता दिएको छ । गत हप्ता देखि शुरु भएको संयुक्त बजार अनुगमन टोलीले भरतपुर १ नारायणगढ र रामनगर बजारमा गरि १२ वटा विभिन्न पसलहरुमा छड्के अनुगमन गरेको छ । नारायणगढको परिवार पाउरोटी उद्योगमा अनुगमन गर्दा म्याद नाघेको पाउरोटी, किचन फोहोर, पाउरोटी उत्पादनमा पत्रीका प्रयोग गरिएको पाइएको छ ।
त्यस्तै रामनगरमा रहेको न्यू शिवशक्ति होटलले भान्छा सरसफाइ नगरेको र खाना नछोपेको अवस्था रहेको भेटिएको छ । सुष्मा होटेलमा बिना ग्राहक पस्किएको अवस्थामा रहेको २० सेट खाना नस्ट गरिएको, अन्नपूर्ण होटल एन्ड रेस्टुरेन्टमा मूल्य सुची नभएको, ब्यबसाय नवीकरण नभएको, वेलकम भान्छा एन्ड खाजा घरले नवीकरण नगरेको पाइएको छ । यसैगरी थकाली भान्छा एन्ड खाजा घर र पुजा होट्लले भने राम्रो गरेको पाइएको छ ।
भरतपुर–१ पोखरा बसपार्कमा रहेको ताहिर मासु पसल मापदण्ड बिपरित सन्चालनमा आएकोले ३ दिनभित्र निर्धारित मापदण्ड पुरा गरेर सन्चालन गर्न निर्देशन दिइएको महानगरको कृषि तथा पशुपक्षि ब्यबसाय प्रवद्र्धन शाखा प्रमुख डा श्यामराज देबकोटाले बताए ।