चितवनको भरतपुर-१५, सुर्यनगरबाट खैरो हिरोईन सहित ६ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका -१५, सुर्य नगरबाट खैरो हिरोईन सहित ६ जना पक्राउ परेका छन । १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ६ जना मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले गए राति भरतपुर महानगरपालिका वडा नं.-१५, सुर्यनगर, च्यानडाँडाबाट सो खैरो हिरोईन सहित ६ जनालाई पक्राउ गरेको थियो । उनिहरुको साथमा स्टिलको २ वटा थाल , अर्ध जलेको अवस्थामा ९ थान सिक्का (रु ५ को रु १० को गरी ) जम्मा रु ६०।-, लाईटर ४ थान, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड थान ८ टुक्रा पनि बरामद् भएको छ । उनीहरुको साथ बाटै प्लाष्टिकको स-साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १ सय ५५ वटा पुरियामा सो लागुऔषध खैरो हिरोईन भेटिएको हो ।

सो लागुऔषध खैरो हिरोईन  बिक्री वितरण तथा ओसार पसार गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला  प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रबक्ता बिजयराज पण्डितले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २२ को सन्तोष परियार, भरतपुर महानगरपालिका वडा नं. १९ बस्ने बर्ष २२ को यम बहादुर आले मगर, लमजुङ जिल्ला घर भई हाल भरतपुर महानगरपालिका वडा नं. २० बस्ने बर्ष ३० को तुल बहादुर गुरुङ रहेका छन ।

त्यसैगरि भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को प्रशन्न गुरुङ, नवलपरासी, देवचुली नगरपालिका वडा नं. १५ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १५ बस्ने बर्ष २३ को चेत बहादुर क्षेत्री र भरतपुर महानगरपालिका वडा नं. २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेको प्रहरी प्रबक्ता पण्डितले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको