सुरक्षित सहकारीको १५औं वार्षिक साधारण सभा सम्पन्न

चितवन । सुरक्षित बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीले साधारण सभाको उदघाटन गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो साधारणको अध्यक्षता सस्थाका अध्यक्ष ओम प्रसाद लामिछानेले गरेका थिए । सभामा अध्यक्ष लामिछानेले सस्थाको भावी निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने सचिव लालु प्रसाद दाहालले प्रगति प्रतिवेदन, कोषाध्य्यक्ष कबिता न्योपानेले आर्थिक तथा लेखा समिति संयोजक बिष्णुमणी लामिछानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सो साधारण सभामा सस्थाका जेष्ठ सदस्य, असल ऋणी, असल बचतकर्ता लगायतलाई संमान पनि गरिएको थियो । 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको