संविधान दिवसको अवसरमा चितवनका १२ जना विभूषित हुँदै

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा चितवनका १२ जनासहित ९९८ जनालाई विभिन्न पदक तथा पुरस्कारमार्फत विभुषित हुदैछन् । विभूषित हुनेहरूमा पूर्वप्रधानमन्त्री स्वर्गीय नेता सुशील कोइरालासमेत परेका छन् ।

चितवनबाट विभूषण प्राप्त गर्नेहरूमा लेखक एवम् गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष रत्ननगर–४ का जीवनाथ लामिछानेलाई किर्तिमय राष्ट्रिय दीप पदक, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवम् राष्ट्रिय समाचार समिति चितवनका संवाददाता नारायणप्रसाद अधिकारी, नारायणगढ निवासी व्यवसायी तथा समाजसेवी उमाशंकर अग्रवाल र भीमोदय नमुना मावि कालिका नगरपालिका पदमपुरका प्रधानाध्यापक डा हरिप्रसाद कँडेललाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषण गरिँदै छ ।

यस्तै जनसेवाश्रीबाट रत्ननगर नगरपालिका वडा नं. १२ का कृषक जनकराज पन्त, कालिका नगरपालिका जुटपानीका नृत्य निर्देशक शिवराम विक, भरतपुर–४ निवासी चलचित्र निर्देशक रमेश कोइराला, भरतपुर–१५ का समाजसेवी गृहेन्द्र घिमिरेलाई विभूषण गरिँदै छ ।

नेपाल प्रताप सुभूषणबाट भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी सशस्त्र प्रहरी बल नेपाल, विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सशस्त्र प्रहरी नायव निरीक्षक विश्वराज कुँवर क्षेत्रीलाई विभूषण गरिँदै छ ।

यस्तै समाजसेवी रत्नबाट भरतपुर–१ निवासी समाजसेवी टंकनाथ पौडेललाई विभूषण गरिएको छ । त्यस्तै शिक्षा ज्योति पदकबाट भरतपुर–२ निवासी शिक्षासेवी प्रज्वल भट्टराईलाई विभूषण गरिँदै छ ।

मन्त्रिपरिषदको गत भदौ ३१ गतेको निर्णयानुसार चितवनका १२ सहित देशभरबाट ९९८ जनालाई विभिन्न पदकमार्फत विभूषण गरिएको हो । विभूषित हुनेहरूमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका सन्त नेता सुशील कोइरालासमेत परेका छन् । नेपालको संविधान जारी गरेको प्रधानमन्त्री स्वर्गीय कोइरालालाई नेपाल रत्नबाट विभूषित गरिएको मन्त्रिपरिषदले जनाएको छ ।

यस्तै मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्गी, राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने, संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिँदै छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको