चितवनमा सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ

चितवन । चितवनमा सुनको सिक्री चोरी गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर २३ घर भई भरतपुर ४ सृजनाटोल बस्ने ४३ बर्षीय झलक जैशी रहेका छन । जैशीले भदौ २३ गते बिहान ८:१० बजेको समयमा भरतपुर ४ लंकुस्थित सडकमा बस्ने ७० बर्षीय खगेश्ररी भुषालले लगायको सुनको सिक्री चोरी गरेका थिए । चोरीको खबर पाउँना साथ खटिएको प्रहरीले टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा हिजो शनिबार १ गते सुनको सिक्री र घटना घटाउँदा प्रयोग गरेको ना ४३ प ७४८ नं को स्कुटरसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जैशीमाथि चोरी तथा डाका कसुरमा जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धाल भईरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको