
चितवन । चितवनमा आज थप २५ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय सङ्क्रमितको संख्या २५० पुगेको छ ।
जसमध्ये भरतपुर महानगरपालिकाका १६६ जना, खैरहनी नगरपालिकाका ३० जना, रत्ननगर नगरपालिकाका ३०, राप्ती नगरपालिकाका ११ जना, कालिका नगरपालिकाका आठ जना, माडी नगरपालिकाका चार जना र इच्छाकामना गाँउपालिकाका एक जना रहेका छन् । एक जना त्यस्तै ठेगान नखुलेको एक जना र दुई जना अन्य जिल्लाका रहेका छन् ।