नारायणी नदीमा एक पुरुषको शव फेला

चितवन ।  नारायणी नदीमा एक पुरुषको मृत फेला परेका छन् । आज (आइतबार) दिउँसो १ बजे भरतपुर महानगरपालिका १६ गणेश मन्दिर स्थित नारायणी नदीको बिच भागबाट पहिचान नखुलेका एक पुरुषको शव फेला परेको हो ।

उक्त स्थानमा शव फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शरणपुर र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उक्त शव लाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवम् प्रवक्ता विजयराज पण्डितले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको