चितवन । जनता केयर हस्पिटल चनौलीले शाखा विस्तार गरेको छ । ईच्छाकामना गाउपालिका ४ कुरीनटारमा बुधबारबाट हाइवये जनता केयर हस्पिटल नामक नयाँ शाखा सन्चालनमा आएको छ । बिहिबार एक कार्यक्रमका वीच प्रमुख अतिथि ईच्छाकामना ४ का वडाअध्यक्ष रुद्र प्रसाद उप्रेतीले हस्पिटलको उद्घाटन गर्नुभएको हो ।
हस्पिटलले उद्घाटनको अवसरमा उपचारमा आउने विरामीलाई ओपिडी शुल्क निशुल्क गरिदिएको थियो भने अन्य सेवामा ४० प्रतिशत छुट दिएको थियो । सो अवसरमा १५० जनाले स्वास्थ जाँच गराएका थिए ।
भरतपुर अस्पताल र चितवन मोडल हस्पिटलका वरिष्ठ डाक्टरहरुले उपचार सेवा दिएको हस्पिटलका व्यवस्थापक तेजानन्द गिरिले जानकारी दिनुभयो । उहाँले उपचारमा आउने अधिकांश बिरामीमा सुगर, प्रेसर, थाईराईड र हाडजोर्नीको समस्या देखिएको वताउनुभयो ।
हाईवये जनता केयर हस्पिटलमा मेजर अपरेसन बाहेका सम्पूर्ण सेवाहरु उपलब्ध हुने व्यवस्थापक गिरिले वताउनुभयो ।-