आजदेखि बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाइने

काठमाडौं । दशैंतिहार तथा छठ विशेष बुधबारदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने सुविधा खुल्ला गरिएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो ।

आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ । प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए ।उपत्यकामा आजबाट नोट साट्न सुरु गरिएको हो । तर उपत्यकाबाहिर भने असोज २ गतेदेखि मात्रै नोट साट्न पाउने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको