
चितवन । मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं. ७ बर्दिया स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ काठमाण्डौं बस्ने ४८ वर्षिय खेमप्रसाद भट्टराई रहेका छन् । उनलाई पीडितसँग सोमबार भरतपुर–२ पुलचोकबाट नियन्त्रणमा लिएको हो । भट्टराईले ५० हजार तलबको प्रलोभनमा पारी पीडितलाई भारत हुँदै कुवेत लैजान लागेका थिए । भट्टराईलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।