चितवनमा धारिलो हतियार देखाएर मनिट्रान्सफर लुटपाट गर्ने एक जना पक्राउ

चितवन ।  चितवनमा धारिलो हतियार देखाएर मनिट्रान्सफर लुटपाट गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अटो चालक नवलपरासी पुर्ब घर भई भरतपुर १६स्थित डेरामा बस्दै आएका ४२ बर्षीय मिनमान सुनार रहेका छन ।

सुनारले भदौ २६ गते आइतबार भरतपुर ४ फनपार्कस्थित पूर्णशंकर गौतमको घरमा सञ्चालित नारायणी मनिट्रान्सफरको काउन्टरमा छिरी मनिट्रान्सफरमा कार्यरत कर्मचारीलाई धारिलो हतियार देखाई मार्ने धम्की दिई काउन्टरबाट दुई लाख चार हजार २५० रुपैयाँ लुटी फरार भएका थिए ।

सुनारको खोजी गर्ने क्रममा हिजो (सोमबार) भरतपुर १० चौविसकोठी स्थित बा प्र ०३–००१ ह १२६३ नम्वरको सोही अटोमा नै बसिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

प्रवक्ता पण्डितका अनुसार सुनारले मनिट्रान्सफरमा लुटेर फरार भएको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले निजको खोजी गर्ने क्रममा घटनास्थल तथा घटनास्थलमा रहेका मानिस, सिसिटिभि फुटेज अध्ययनलगायत विभिन्न तवरले अनुसन्धान गर्दा अटो नम्बर पत्ता लगाएको थियो । पक्राउ परेका सुनारमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको