बागमती प्रदेशमा सरकारी कामकाजको भाषा नेपाली र तामाङ

चितवन ।  बागमती प्रदेश सरकारले प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपाली र तामाङ बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको र कार्यान्वयन प्रकृया अगाडि बढाउने आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

बागमती प्रदेशभित्र विशेष गरी, नेपालीका अलाबा तामाङ, नेवारी, चेपाङ, मगर, गुरुङ भाषीहरुको उल्लेख्य वसोबास रहेको छ । मुख्यगरी प्रदेशको रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा तामाङ समुदायको बाहुल्य रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको