नेपाल हेल्पद्वारा चेपाङ केन्द्रमा साईकल, ल्यापटप तथा झोला सहयोग

चितवन । रत्ननगर-१० मंगलपुर स्थित गामबेसीको चेपाङ केन्द्रमा आश्रित बालबालिकाहरुलाई  ल्यापटप, साईकल तथा झोला सहयोग भएको छ । नेपाल हेल्प संस्थाले बालबालिका हरुलाई ३० वटा साइकल, ७ थान ल्यापटप, १ थान प्रीन्टर र १ सय ३० थान स्कुल झोला हस्तान्तरण गरेको छ । हेल्प नेपालका मिलन ढकाल लगायतको उपस्थितिमा सो सहयोग प्रदान गरिएको थियो । सो सस्थाले चेपाङ केन्द्रमा यस अगाडी अनि खाद्यान्न तथा विभिन्न सहयोग हरु गर्दै आएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए।  सो केन्द्रमा बिपन्न बस्तीका १ सय ७५ जना चेपाङ आबासिय रूपमा रहि अध्ययन गर्दै आएका छन ।   

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको