चितवन । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं.६ मा रहेको सुरक्षित बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
१५औं वार्षिक साधारण सभाको अवसरमा खोलेसिमल बजार स्थित सस्थाको मुख्य कार्यालयको प्राङ्गणमा आयोजितको कार्यक्रममा ९४ जना रक्तदाताले रक्तदान गरेका थिए ।
सस्थाका सचिब लालु प्रसाद दाहालको संयोजकत्व तथा अध्यक्ष ओम प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।संस्थाको १५औं वार्षिक साधारण सभा आगामी असोज ३ गते हुँदै छ ।










