पत्रकार कल्याणकारी कोषमा प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष सुवेदीको आर्थिक सहयोग

चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले आर्थिक सहयोग गर्नुभएको छ ।

संस्थापक अध्यक्ष सुवेदीले छोरा रजत सुवेदीको स्मृतीमा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत रू.१०,१५५ पत्रकार कल्याणकारी कोषका लागि सहयोग गर्नुभएको हो । संस्थापक अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वमा जन्मिएको संस्थाले राम्रो कामका लागि चालेको कदममा अरुलाईसमेत प्रेरणा मिलोस् भनेर कोषमा सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कोषलाई थप बलियो बनाउन आफ्नोतर्फबाट सहयोग गर्ने वचन दिनुभएको छ । संस्थापक अध्यक्ष सुवेदीले प्रेस चौतारी चितवनलाई अझै बलियो, सम्वृद्ध र पत्रकारहरुको सुखदुःखको सहयोगी बनाउन संगठनले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले संस्थापक अध्यक्षले कोषका लागि गरेको सहयोगले थप हौसला र उर्जा मिलेको बताउँदै चितवनका पत्रकारहरुलाई परेको पिरमर्कामा संगठन साथमा रहने बताउनुभयो । अध्यक्ष पण्डितले संस्थापक अध्यक्षसहितको टिमले रोपेको चौतारी रुपी विरुवाको शिलत छहारीमा आफूहरु गोलवन्ध भएर ओत लाग्न पाएको भन्दै संस्थापक अध्यक्षप्रति धन्यवाद दिनुभयो । यहीँ भदौ १२ गतेबाट कोषमा हालसम्म रु.५५,१५५ सहयोग संकलन भैसकेको छ ।

पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नु पर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा कोषको रकमले उपचार गरिने अध्यक्ष पण्डितको भनाई छ । तर त्यसको लागि प्रेस चौतारी चितवनको सदस्य वा चितवनको क्रियाशील पत्रकार हुनु पर्नेछ । प्रेस चौतारी आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ उपलब्ध गराउने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको