कोमल हृदय प्रतिष्ठानद्वारा २ सय ६६ जना विद्यार्थीलाई स्टेशनरी तथा खाद्यान्न सामाग्री सहयोग

चितवन । कोमल हृदय प्रतिष्ठान, काठमाडौंको सहयोगमा २ सय ६६ जना विद्यार्थीलाई आज स्टेशनरी तथा खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ । सो कार्यक्रममा विद्यार्थीहरुलाई कापी, कलम, ब्रस, मन्जन,साबुन, चिउरा, दालमोठ लगायतका सामाग्रीहरु सहयोग गरिएको थियो ।

कालिका-७, सगुनटोल स्थित पृथ्वी मा.बी. मा आयोजित कार्यक्रममा १ सय ४६ जना तथा कालिका-११, मझवाङ स्थित राष्ट्रिय मा.बी. मा आयोजित कार्यक्रममा १ सय २० जना विद्यार्थीहरुलाई सो सहयोग गरिएको थियो ।
सगुनटोलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, पत्रकार शिशिर सिंखडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा कालिका-७ का वडा अध्यक्ष कमलराज मुक्तान, वडा सदस्यहरु शर्मिला अधिकारी, रस्सु नेपाली, नगरपालिकाका सामाजिक शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, सालघारी शाखाका इन्चार्ज राम पौडेल, सो सस्थाका सदस्यहरु शोभा ढकाल, रेवीका ढकाल, सस्थाका चितवन प्रतिनिधि ईश्वरकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै गरि आज नै मझवाङमा आयोजित सो सहयोग कार्यक्रमका प्रमुख अतिथि कालिका-११ का वडा अध्यक्ष दामाराम प्रजा, पत्रकार शिशिर सिंखडा, सो सहयोगी सस्था कोमल हृदय प्रतिष्ठानका सस्थापक अध्यक्ष अर्जुन ढकाल, मझवाङ स्थित राष्ट्रिय मा.बी. का इन्चार्ज दिवलाल चेपाङ लगायतले आ- आफ्नो भनाई राख्नु भएको थियो । सो दुवै कार्यक्रम कोमल हृदय प्रतिष्ठानका सस्थापक अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको थियो ।
सो संस्थाले यस अगाडि पनि चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको विभिन्न विपन्न बस्तीमा खाद्यान्न, जाडोका कपडा, झुल, विद्यार्थीहरूका लागि स्टेशनरी, झोला, कपडा, जुत्ता सहयोग गर्दै आएको छ भने निःशुल्क सिलाई कटाई तालिम समेत दिँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको