बुधबार,
माघ३०,
२०८१
|
Wednesday, February 12, 2025
चट्याङ लागेर महिलाको मृत्यु
२२ भाद्र २०७९, बुधबार १४:०२
बागमती । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।-रासस