भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. विश्वबन्धु बगाले

चितवन । भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. विश्वबन्धु बगाले हुनु भएको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङको मंगलबार मन्त्रीस्तरीय निर्णयले बगाले मेसु हुनु भएको हो । एघारौं तहका डा. बगाले हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा हुनुहुन्थ्यो ।

बगालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका ८ जना अधिकृतको सरुवा गर्नुभएको हो ।

प्रसूति गृह अस्पतालको निर्देशकको जिम्मेवारी डा पवनजंग रायमाझीलाई दिईएको छ रायमाझी यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक हुनुहुन्थ्यो ।

यस्तै सार्क क्षयरोग केन्द्रमा रहेका डा अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको निर्देशक बनाइएको छ । सार्क क्षयरोग केन्द्रमा भने यशोदा अर्यालको पदस्थापन गरिएको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा विजयकुमार झालाई ल्याइएको छ । उहाँ मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा हुनुहुन्थ्यो । त्यहाँका निर्देशक सुनिल शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा पठाइएको छ ।

निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ । उाहँ लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा जानु पर्नेछ । किटजन्य रोग प्रयोगशालामा भने केशव पण्डितलाई नै फर्काइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको