नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता

चितवन । नारायणी नदीमा फेरी एक युवाले हाम फालेका छन् । आज (मंगलबार) बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेर बेपता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामाग्रीसहित पुगेको थियो । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको