“प्रतिस्पर्धाको नितिगत सामर्थ्य गुमाएपछि गठबन्धन गरे”- एमाले महासचिव पोख्रेल 
शिशिर सिंखडा, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले प्रतिस्पर्धाको नितिगत सामर्थ्य गुमाएपछि ५ दलले गठबन्धन गरेको बताउनु भएको छ । जनताबाट चुनिने आधार गुमाउदै गएका नेपाली काङ्ग्रेस, माओबादी लगायतका दलहरुले आ- आफ्नो पार्टीको निति तथा सिद्धान्त समेत भुलिसकेको बताउनु भयो । आज नेकपा (एमाले) द्वारा काठमाडौंमा आयोजित एक प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले महासचिव पोख्रेलले निर्वाचन लक्षित गठबन्धन स्वार्थको गठबन्धन भएको जनता माझ छर्लङ्ग भएको भन्दै दलहरुको निर्वाचन लक्षित गठबन्धनले देशमा बिकास र निकास दिन नसक्ने बताउनु भयो । नेशनल डेमोक्रेटिक ईन्स्टिच्युट (एनडिआई)को सहयोगमा आयोजना भएको सो कार्यक्रममा नेकपा (एमाले) जनताको पार्टी भएको भन्दै एमालेको लोक प्रियताले गठबन्धन अतालिएको समेत उहाँले बताउनु भयो । अहिलेको अबस्थामा देशलाई स्थायीत्व, बिकास र समृद्धि तर्फ लान एमालेलाई देशको पहिलो र बहुमत सहितको राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्ने भएकोले सबै एकजुट भएर लाग्नुपर्ने समेत महासचिव पोख्रेलले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको