चितवन । नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केवलका भदौ २५ गते संचालन हुने भएको छ ।
मनकामना दर्शन प्रालीले एक सूचना जारी गर्दै भदौ २५ गतेबाट केवलकार पुन: सूचारु हुने जनाएको हो ।
यस अघि साउन २३ गतेदेखि केवलकारको मर्मत नसकिँदा सम्मका लागि सेवा बन्द भएकोे थियो ।
मर्मतको काम एक हप्ता अगाडि नै सकिएकाले केवलकार सेवा संचालन गर्न लागेको मनकामना दर्शन पालीले जनाएको छ।