पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी सुचारु

चितवन । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी संचालनमा आएको छ ।  सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेको थियो । उक्त ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी संचालनमा आएको हो ।

बिहान ५ः५० बजेदेखि सडक अवरुद्ध भएका कारण धेरै सवारीसाधन जाममा परेका छन् । वर्षात्को समयमा बारम्बार पहिरो खस्दा यो सडक हुँदै यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन् । सडक खुलेपछि पनि राति अबेरसम्म सवारी साधन जाम हुने गर्दछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको