दक्षिण कोरियामा कोरोनाबाट एकैदिन ७१ जनाको मृत्यु

सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या अप्रत्यासित रूपमा बढेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको संख्या लगातार घटेको छ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए। बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन्। हालसम्म मलेसियामा ३६ हजार २०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन। सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ। सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ संक्रमित थपिएका छन्।
हाल दक्षिण कोरियामा कोभिड-१९ संक्रमितको संख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको