कोरोना: नेपालमा थप १ जनाको मृत्यु सँगै ज्यान गुमाउनेको संख्या १२ हजार पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ८३३ जनाको नमूना परीक्षणबाट २०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६४ जनाको आरटी–पीसीआर गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९६ हजार ८३४ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ हजार जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८१ हजार ५२१ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ८४ हजार ७३५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३ हजार ३१३ जना आइसोलेसनमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको