देशभर २४ घण्टामा थपिए १७३ कोरोना संक्रमित, ३९६ जना घर फर्किए

काठमाडौं । देशभर थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

२ हजार ८३९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो। ६४३ जनाको पिसिआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो।

यसको संक्रमणबाट निको भएर ३९६ जना घर फर्किएका छन्। देशभर ३ हजार ६१२ जना सक्रिय संक्रमित छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको