एमाले केन्द्रीय कमिटी बैठक: आज राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज पनि अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलले निरन्तरता पाउने भएको छ ।

प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाइएको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ ।

बैठक आज बिहान १०ः३० बजे सुरु हुने केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको