ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु

दमौली ।  तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । गएराति दाउरा लिन गएका बेला ट्रयाक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ट्रयाक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको