
चितवन । भरतपुर महानगरपालिकाका बिभिन्न क्षेत्रमा भोलि (शनिबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण चौनौती वितरण केन्द्रबाट वितरित मेघौली फिडरमा भोलि बिहान ६ बजेदेखि १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो । चनौली वितरण केन्द्रका अनुसार मेघौली फिडरको मिलनचोक गीतानगर क्षेत्रमा ११ केभी लाइन अपग्रेड गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने भएको हो ।
भरतपुरको ज्योतिनगर, खत्रौली, पर्साढाप, खयरघारी, तैलौली, जितपुर, गोलाघाट र शोसी आसपासमा स्थानमा सात घण्टा लाइन काटिने केन्द्रले जनाएको छ । काम चाँडै सकिएको खण्डमा निर्धारित समय अगावै लाइन सुचारु हुने समेत केन्द्रले जानकारी दिएको छ ।
लाइन अपग्रेड गर्दा उक्त वितरण केन्द्रको पोल प्रयोग गर्ने टेलिफोन तथा इन्टरनेटका तारहरु यथाशिघ्र व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ ।