चितवनमा करिब ८५ हजार मतदाता थपिए

चितवन । चितवनमा ८४ हजार ६ सय ८२ मतदाता थपिएका छन ।

निर्वाचन आयोगले अध्यावधि गरेको मतदाता नामावलि अनुसार २०७४ सालको स्थानिय तह निर्वाचनमाभन्दा ८४ हजार ६ सय ८२ जना मतदाता थपिएका हुन । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा ३ लाख ९७ हजार ६ सय ८५ मतदाताले मताधिकारको प्रयोग गर्न पाउँने जिल्ला निर्वाचन कार्यलय चितवनले जनाएको छ । निर्वाचन आयोगले बैशाख २९ गतेसम्म १८ बर्ष पुराहुने मतदाताको नामसहित अन्तिम नामावलि प्रकाशन गरेको हो ।

२०७४ सालको स्थानिय तह निर्वाचनमा ३ लाख १३ हजार ३ मतदाता रहेका थिए । चितवनमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७ सय ५२ र सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा १५ हजार ६ सय ३४ मतदाता रहेका छन ।

कालिका नगरपालिकामा ३१ हजार १ सय ५७, खैरहनी नगरपानिकामा ४३ हजार ५ सय ३१ र माडी नगरपालिकामा २८ हजार ३ सय २० जना रहेका छन ।

त्यसैगरी, रत्ननगर नगरपालिकामा ५२ हजार ६ सय ४२ र राप्ती नगरपालिकामा ४० हजार ६ सय ४९ मतदाता रहेका छन ।

निर्वाचन आयोगले स्थानिय तह चुनाव केन्द्रित गरि गत मंसिर १७ गते देखि १ महिनासम्म मतदाता नामावलि संकलन अभियान चलाएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको