चितवनका उद्योगमा दैनिक १४ घण्टा अघोषित लोडसेडिङ

चितवन । चितवनका उद्योग क्षेत्रमा दैनिक १४ घण्टा अघोषित लोडसेडिङ सुरु भएको छ । हिजो (सोमबार) देखि दैनिक १४ घण्टा अघोषित लोडसेडिङ हुन थालेको हो । उद्योगमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुन सक्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले जानकारी दिए ।

‘भारतले प्रति युनिट ३८ रुपैयाँमा दिने भनेको विजुली पनि पर्याप्त नभएपछि अघोषित रुपमा लोडसेडिङ सुरु भएको छ’, उनले भने, ‘पानी नपरुन्जेल र हिउँ पग्लेर नदीमा पानीको बहाव नबढेसम्म लोडसेडिङ हुन सक्छ ।’ प्राधिकरणले औपचारीक रुपमा भने लोडसेडिङ घोषणा गरेको छैन ।

उद्योगमा कम्तिमा ८ घण्टासम्म चाँहि विजुली दिने योजना रहेको उनले बताए । ग्राहस्थ उद्योगमा भने लोडसेडिङ हुन नदिइने उनी बताउँछन् । ‘चुुनाव आइरहेको छ । यस्तो बेलामा घरमा पनि लोडसेडिङ भयो भने त नेताहरुलाई जनताले कुट्छन् । त्यसोभा हुनाले घरमा लोडसेडिङ हुन दिन नहुने हामीलाई दबाब छ’, उनले भने ।

रुस–युक्रेन युद्धको प्रभाव भारतको उर्जा क्षेत्रमा पनि परेपछि भारतले विजुलीको मूल्य बढाएको हो । बढेको मूल्यमा पनि विजुली सप्लाई सहज नहुँदा लोडसेडिङ सुरु भएको हो । नदीमा पानीको बहाव बढेपछि मात्रै विजुली सहज हुने देखिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको