काँक्रेबिहार संरक्षणार्थ प्रहरी बिट निर्माण

कर्णाली ।  ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्र काँक्रेबिहारको संरक्षणका लागि रु छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतको वडा कार्यालयले रु छ लाख ५० हजारमा अस्थायी प्रहरी विटको भवन निर्माण गरेको हो । सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र मानिने काँक्रेबिहारमा बनेको उक्त भवनको उद्घाटन नगरप्रमुख देवकुमार सुवेदीले गर्नुभयो ।

विसं २०७६ भदौ २५ गतेबाट सञ्चालनमा रहेको अस्थायी प्रहरी बिटले आजदेखि आफ्नै पक्की भवनबाट कार्यसञ्चालन गरेको छ । आर्थिक विकासका हिसाबको आधारशीला मानिने काँक्रेबिहार सबैको साझा सम्पति भएको उहाँको भनाइ थियो । त्यस्तै, उपप्रमुख मोहनमाया ढकालले बढ्दो जनसङ्ख्यासँगै राज्यसँग सुरक्षा चुनौती भएकोले जनतासँग प्रहरी छ भन्ने अनुभूति दिएर काम गर्न प्रहरीलाई सुझाउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको