
शंकर अधिकारी, चितवन । चितवनको सबैभन्दा बढि मतदाता भएको भरतपुर महानगरपालिका वडा नंं.११ काे लामा टाेलका अधिकांश एमाले प्रवेश गरेका छन् ।
भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेवाट शुरु गरेकाे घरदैलाे अभियानकाे आज गरिएको समापन कार्यक्रममा साे टाेलबाट करीव १ सय जना एमालेले प्रवेश गरेका हुन् । साे टाेल कि ९७ वर्षकी वृद्वा लालमति लामाकाे नेतृत्वमा काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए। प्रवेशपछि लालमति लामाले प्रतिक्रिया दिदै आफू यतिका वर्ष निरन्तर काँग्रेसलाई भाेट दिदै आएपनि देशका लागि परिवर्तन गर्ने एमाले मात्र रहेकाे, वृद्दवृद्दा हेरचाह गर्ने पार्टी एमाले भएकाले अब वाँकी जीवन एमालेलाई समर्पित गर्ने बताइन् ।
नेकपा(एमाले) वागमती प्रदेश सचिव माननीय विजय सुवेदीकाे प्रमुख आतिथ्यतामा, माननीय कृष्णभक्त पाेख्रेल, प्रदेश सचिवालय सदस्य तेजेन्द्र खड्का, पुरुषाेत्तम न्याैपाने, शारदा कुमाल, जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, वडा अध्यक्ष वावुराम अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।
भरतपुर-११ मा ५ दिन लामाे घरदैलाे अभियानमा प्रदेश कमिटी, जिल्ला कमिटी, महानगर कमिटी, वडा कमिटी र टाेल कमिटीका नेताहरु ६ भागमा वाँडिएर २८ ठाउँका टाेलहरुमा घरदैलाे गरिएको एमाले भरतपुर-११ का वडाध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।