चितवन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वित्तीय साक्षरताका लागि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । सो सस्थाको आयोजनामा आज खोलेसिमल बजारमा जनचेतना मुलुक र्याली तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
सस्थाको खोलेसिमल, पिप्ले र भरतपुर शाखाका सेवाग्राही सदस्यहरुको कार्यक्रममा सहभागीता रहेको थियो । र्याली पछी खोलेसिमलमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्र नं.१८ कि प्रमुख पुजा बिश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापति सस्थाका बागमती प्रदेश प्रमुख तुल्सीराम पाठक, बागमती उप प्रमुख रवी मल्लाह, पिप्ले शाखा प्रमुख अन्जु श्रेष्ठ, भरतपुर प्रमुख सरस्वती तिवारी, खोलेसिमल प्रमुख माधव ढकाल तथा हालै मात्र सरुवा भएका शाखा प्रमुख कर्ण बहादुर साउदले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनचेतना मुलक डकुमेन्ट्रीहरु समेत देखाईएको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer