
चितवन । चितवनमा “पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी” आगामि चैत ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पुर्वाधार विकास तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना र नेपाल कृषि व्यावसायी संघको संयुक्त आयोजनामा “कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि” भन्ने नाराका साथ चैत्र ९देखि १२ गतेसम्म पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो ।
आज भरतपुरमा पत्रकारसम्मेलन गरि उक्त प्रदर्शनीको बारेमा जानकारी दिएको हो । प्रदर्शनीीले नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकीकरण, आधुनिकीकरण व्यवसायिकरण तथा औद्योगिकरणमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको जानकारी दिएको छ । प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेति, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारिकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाई लगाएतको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहने आयोजकले बताएको छ ।
प्रदर्शनीमा ५२ ओटा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु २० भन्दा बढी मुलुकमा उत्पादित, २ हजार भन्दाबढी प्रकारको उपकरण तथा प्रविधिहरु रहनेछ । प्रदर्शनीमा ७० जिल्लाका करिब १ लाखभन्दा बढिले अवलोकन गर्ने रे २० करोडमाथिको कारोबार हुने अनुमान गरिएको छ । त्यसैगरि प्रदर्शनीमा एसियामा नै पहिलो पटक र विश्वमा दोस्रो पटक कृषि कर्जा मेला पनि हुनेभएको छ । कृषि कर्जा मेलाको उद्याटन राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले गर्ने छन । यस अघि २०७६ सालमा चितवनमै चौँथोँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी भएको थियो । प्रदर्शनी निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ।