चितवन । बाल यौन दुर्ब्यबहार गर्ने एक शिक्षकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनको माडी नगर पालिका वडा नं. १ बरुवा स्थित सोमेश्वर उच्च मा.बि.का शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो । सो बिधालयको कक्षा ९ अध्यनरत अन्दाजी बर्ष १५ की नाबालिकालाई सोही स्कुलमा कार्यरत शिक्षक जिल्ला चितवन माडी न.पा. वडा नं. ५ बस्ने बर्ष ३७ को सुरज लामिछानेले बाल यौन दुर्व्यबहार गरेको भनि निज नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालयमा हिजो लिखित जाहेरी दिए पछी बिधालयका शिक्षक लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको चितवन प्रहरी प्रबक्ता अधिकारीले जानकारी दिनुभयो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer