
काठमाडौं । आफूलाई अभियन्ताका रुपमा चिनाउने शर्मिला वाइबा चितवनबाट पक्राउ परेकी छन् ।
उनीविरुद्ध अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
पल शाह पक्राउ प्रहरणमा नाबालिग गायिकाको समर्थनमा स्टाटस लेखेपछि वाइबाले आफूविरुद्ध गाली बेइज्जती गरेको रेखाको आरोप छ ।
वाइबाले युट्यूवमा पलको समर्थनमा अन्तरवार्ताहरु दिएर भाइरल भएकी थिइन् ।
वाइबालाई आज चितवन प्रहरीले टाँडीबाट पक्राउ गरेको साइबर ब्यूरो स्रोतले बतायो । यसअघि पनि उनी पक्राउ परेको हल्ला फैलिए पनि असत्य सावित भएको थियो ।