स्थानीय तह निर्वाचन: चितवनमा १७ सय बढी म्यादी प्रहरीको माग, चैत ६ गतेबाट भर्ना खुल्ने

चितवन । चितवनमा स्थानीय तहको निर्वाचनका लागि एक हजार ७०९ म्यादी प्रहरीको माग भएको छ ।

चैत ६ गतेदेखि चितवनमा म्यादी प्रहरीको भर्ना खुला गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । वैशाख ३० गते हुने निर्वाचनमा १ हजार ७०९ म्यादी प्रहरी खटिने भएका छन् ।

चितवनमा मतदाताको संख्या बढेका कारण म्यादी प्रहरीको संख्या पनि बढाइएको चितवन प्रहरीले जनाएको छ ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले म्यादी प्रहरीको लागि फाराम भर्न सक्ने प्रहरीको भनाइ छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न सक्नेछन् । म्यादी प्रहरीले ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक लिनेछन् । त्यसका अतिरिक्त विभिन्न किसिमका भत्ता पनि पाउने छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको