एकीकृत समाजबादीका चितवन जिल्ला सचिवालय सदस्य अर्यालले जिम्मेवारी छाडे

चितवन । नेकपा एकीकृत समाजवादी चितवन जिल्ला सचिवालय सदस्य दुर्गा अयालले आफु पार्टीको जिम्मेवारी नरहेको घोषणा गरेका छन् । अर्यालले सामाजिक संजालमा लेख्दै आफु जिल्ला सचिवालय सदस्य र चितवन क्षेत्र नम्वर १ प्रदेश (ख)का संयोजक पदमा नरहेको बताएका हुन् । उनले अबका दिन स्वतन्त्र भएर वस्ने सामाजिक संजालमा लेखेका छन् । अर्याल चितवन खैरहनीका नेता हुन् ।

पार्टी विभाजन अघि उनले दुई कार्यकाल एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारी बहन गरिसकेका छन् । उनले समाजवादी पार्टीमा खुसी नभएको बताएका छन् । मुल घर एमालेमै फर्कने सम्भावना रहेको संकेद गर्दै उनले तत्काल कुनै निर्णय नगर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको