सप्तगण्डकी बहुमुखी क्याम्पसमा अनेरास्वियुले मनायो होली (फोटो फिचर)

चितवन । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा  फागुपुर्णिमा अर्थात होली विशेष कार्यक्रम गरिएको छ ।

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले आज   क्याम्पसमा कार्यक्रम गरि होली मनाएको हो ।

अनेरास्वियु सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष महेश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सप्तगण्डकी बहुमुखी क्याम्पसका संचालक समिति सदस्य, अनेरास्वियु पुर्व केन्द्रिय सदस्य तथा अनेरास्वियु सप्तगण्डकी बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष ऋशिकेष रेग्मी रहेका थिए । कार्यक्रममा अनेरास्वियु केन्द्रिय सदस्य, नेकपा एमाले चितवन जिल्ला कमिटी सदस्य तथा अनेरास्विय पुर्व जिल्ला अध्यक्ष देव पाठक, सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महत्तो,अनेरास्वियु वाग्मती प्रदेश सदस्य शिव ढकाल, अनेरास्वियु चितवनका सहसंयोजक हरि आचार्य, अनेरास्वियु चितवनका जिल्ला कमिटी सदस्य अमित आचार्य, अक्षयराज पन्थी, अनेरास्वियु भरतपुर महानगर कमिटीका अध्यक्ष सचेत सुवेदी, अनेरास्वियु भरतपुर महानगर कमिटीका उपाध्यक्ष सुवास सुवेदी, क्याम्पसका सहायक क्याम्पस प्रमुख, प्रध्यापक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । त्यसैगरि  कार्यक्रममा जनगायक अश्विन घिमिरे, मनोज भुजेललगायत अन्य कलाकारले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रम अनेरास्वियु सप्तगण्डकी बहुमुखी क्याम्पसका सचिव सुनिल लम्सालले संचालन गरेका थिए भने सहसचिव गोकुल पाण्डेले स्वागत मन्तव्य राखेका थिए । विद्यार्थीहरुले एक अर्कामा रङ लगाएर, नाचगान गरेर होली मनाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको