कालिका नगरपालिका वडा नं ३ का वडाध्यक्षमाथि दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

चितवन । चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा राप्ती नगरपालिका वडा नं ४ भण्डाराका ३७ वर्षीय गुणराज श्रेष्ठ र ३७ वर्षीय सागर राईलाई पक्राउ गरिएको हो ।

यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो ।

पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नामबाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ ।

वडाध्यक्षलाई दुर्व्यवहार गरेको विरोधमा कालिका नगरपालिकाले फागुन २५ गते एक दिन सेवासमेत बन्द गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको