भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो ।

गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन् । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।कृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘यो निकै कम महिलामा देखिने समस्या हो, उहाँलाई भयो, हामीले बचाउने प्रयास गर्‍यौं तर अन्तिममा मल्टिपल अर्गान फेल्योर भयो ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको