प्रेस चौतारी नेपालको महाधिवेशन आजदेखि पोखरामा, पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा । प्रेस चौतारी नेपालको ९औं राष्ट्रिय  महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदै छ । पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सो उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजे पोखरा सभागृहमा सो कार्यक्रम उद्घाटन हुने छ । भोलि शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा हिजो केन्द्रीय सदस्य दर्ताको तालिका रहेको थियो । हिजो दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक  भएको थियो ।

आज बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ ।

दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपाल मुल ब्यबस्थापन समितिका संयोजक गणेश पाण्डेले जनकारी दिए। २०५५ साल माघ २२ गते  स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको