चितवन । चितवन रत्ननगर नगरपालिका वडा न १ सौराहारोडस्थित न्यू लक्ष्मी इन्टरप्राइजेज् पसल सञ्चालक कृष्णप्रसाद तिवारीसँग २०७८ माघ १४ गते प्रभाकर भन्ने सुदीप कार्कीसमेतले रू ४ लाख ६८ हजार ४३५ रुपैयाँ बराबरको रड खरिद गरेबापत अरूको चेकमा नक्कली दस्तखत गरी ठगी फरार रहेका बुधबार दुई जना पक्राउ परेका छन् ।
चेकमा नक्कली पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नं १ बस्ने वर्ष ३६ को उज्जवल कुँवर र जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदीप कार्की रहेका छन् ।
निजहरुलाई फागुन २५ गते जिल्ला चितवन कालिका नगरपालिका वडा नं १ लंकालाइनबाट पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।