
चितवन । राप्ती नगरपालिका-१२, यौरालीटारको स्वास्थ चौकीमा शल्यक्रिया सहितको ३ दिने बृहत आँखा शिविर आजबाट शुरु भएको छ । नेपाल हेल्प, काठमाडौंको आयोजना र राप्ती नगरपालिकाको सहजीकरण र गांँमबेशीको चेपाङ संरक्षकण केन्द्रको समन्वयमा सो शिविर शुरु भएको हो । शिबिरको एभरेस्ट आई सेन्टर, गोपिकृष्ण मार्ग चावहिल काठमाडौंले प्राविधिक सहयोग गरेको छ । आज आयोजित सो शिविर उदघाटन कार्यक्रमको अध्यक्षता नेपाल हेल्प काठमाडौंका कार्यकारी निर्देशक कृष्ण ढकालले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि राप्ती नगरपालिका प्रमुख प्रभा बरालले सो शिविरको उदघाटन गर्नु भएको थियो । सो शिविरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. कमल खड्काको टोलिले बिरामीहरुको आँखा परिक्षण गर्नुको साथै आबश्यक अप्रेसन, चस्मा र औसधी पनि निशुल्क उपलब्ध गराउने छ । कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेपाल हेल्प काठमाडौंका कार्यकारी निर्देशक कृष्ण ढकाल, गामबेशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष तथा चेपाङ अभियान्ता केपी किरण शर्मा, गणेश माबी याैरालीटारका प्राचार्य रामकृष्ण प्रजा लगायतले मन्तव्य राख्नुभएको थियो । सो निशुल्क शिविर शुक्रबार सम्म संचालन हुनेछ ।