चितवनमा भोलि सरसफाईकर्मीको सम्मानमा साइकल र्‍याली हुने

रवि रेग्मी,  चितवन । चितवनमा भोलि सरसफाईकर्मीको सम्मानमा साइकल र्‍याली हुने भएको छ । सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलमेन्ट नेपाल (क्रिएसन)को आयोजनामा सरसफाईकर्मीेहरुको सम्मनमा हाम्रो साइकल यात्रा (साइकल र्‍याली) हुन लागेको हो ।

आज भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरि साइकल र्‍यालीको बारेमा जानकारी दिएको हो । साइकल र्‍याली भोलि बिहान ६ बजे बेलचोकबाट चौबिस कोठि हुँदै भरतपुर ४ स्थित क्रिएसनको रिसाइक्ल साथी सेन्टरसम्म र्‍याली हुने संस्थाकी कार्यक्रम प्रबन्धक सुजाता कोइरालाले बताउँनुभयो । उहाँले र्‍यालीपछि रिसाइक्ल सेन्टरमा सरसफाईकर्मीलाई प्रमाणपत्रसहित सम्मान गर्ने कार्यक्रमसम्मेत रहेको जानकारी दिनुभयो ।

त्यस्तै उहाँले संस्थाको आफ्नै रिसाइक्ल सेन्टर रहेको र काठमाडौँ, भरतपुर जस्ता शहरहरुको  फोहोर संकलन गरि पुन: प्रशोधन गर्दै आइरहेको बताउँनुभयो । सन २०१९ बाट अहिलेसम्म ३ हजार ५ सय टन अर्थात ३ सय ५० ट्रक फोहोर प्लास्टिकलाई संकलन गरि पुन: प्रयोगको चक्रमा ल्याएको कोइरालाले बताउँनुभयो । अब बार्षिक २५ सय टन बराबर फोहोर संकलन गरि पुन: प्रयोग गर्ने लक्ष्य लिएको उहाँले बताउँनुभयो ।

साइकल र्‍यालीमा चितवन कवाड व्यवसायी संघ, एक सपना एक साइकल र सफा नेपाल, क्लब अफ इन्भाइरोमेन्ट साइन्स, बेटर चितवन, नेपाल विकास समाज, वे ग्रुरुप, हाम्रो दृष्टि राम्रो दृष्टि, रियाल म्याड्रिट फ्यान क्लब, रिकभारिंग नेपाल, द युनाइटेड चितवन र चितवन स्मार्ट स्काउट क्रिउ संस्थाले समन्वय गरेका छन । र्‍यालीमा ३ सय जना सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

हरेक बर्ष मार्च १९ अर्थात ग्लोबल रिसाइक्लिङ डे को दिन सरसफाईकर्मीको सम्मानमा साइकल र्‍याली आयोजना गर्ने गरेको भएता पनि यस बर्ष सो दिन तराई होलि परेको र सबै सरसफाईकर्मीहरु घर जाने भएकोले कार्यक्रम अगाडी नै गर्न लागेको संस्थाकी कार्यक्रम प्रबन्धक सुजाता कोइरालाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको