
चितवन । झन्डै एक अर्बको लागतमा भरतपुर महानगरपालिकाको ६ तले प्रशासनिक भवन बन्ने भएको छ । भरतपुर महानगरले आज सुविधा सम्पन्न भवन निर्माणको लागि बोलपत्र आह्वान गरेको छ । महानगरले ९४ करोड ३२ लाख ३० हजारको लागतको भवनको ठेक्का आह्वान गरेको महानगर प्रमुख रेनु दाहालले बताइन् । उनका अनुसार संघीय अर्थ मन्त्रालय, बागमती प्रदेस र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चित गरेपश्चात बोलपत्र आह्वान गरिएको हो ।
विकेन्द्रीत सेवाहरू अब छिट्टै सुविधा सम्पन्न महानगरगरपालिकाको केन्द्रिकृत भवनबाट सहजरुपमा प्रदान हुने उनी बताउँछिन् । ‘महानगरको प्रशासनिक भवन बिगतदेखि नै अति आवश्यक रहेको थियो। हिजो नगर पञ्चायत हुँदाको ३५–३७ वर्ष पुरानो भवनबाट कामहरु भएका थिए । महानगरपालिका भइसक्दा सोही भवनबाट अहिलेको आवश्यक्ता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको अवस्थामा नयाँ भवनको लागि बोलपत्र आह्वान हुनु भरतपुरवासीको लागि खुसीको कुरा हो’ महानगर प्रमुख दाहालले भनिन् ।
सम्झौता भएको मितिले ३० महिनाभित्र सक्ने गरी बोलपत्र आह्वान भएको छ । ५० गाडी र २५० वटा मोटरसाइकल अट्न सक्ने अन्डरग्राउण्ड पार्किङसहित ६ तले भवन बन्ने भरतपुर महानगरले जनाएको छ । ६ तले भवनको क्षेत्रफल १४ हजार १५२ वर्गमिटर हुनेछ । भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय, अपागंमैत्री पुर्वाधारहरु बन्नेछन् । त्यस्तै प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष हुनेछ ।
भरतपुर महानगरका अनुसार भवनमा २२१ वटा कोठाहरु रहनेछन् । १५८ वटा साना ठू ‘महानगरको अत्याधुनिक सेवासुविधासहितको भवन बन्ने भयो, सेवा प्रवाहमा चुस्त हुनेछन् । आगामी दिनमा सुशासनमा पनि महानगर अब्वला भवन बन्नेछ । भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग शौचालय बन्नेछ ।ल बन्ने बिश्वास लिएको छु’ महानगर प्रमुख दाहालले बताइन् ।